मगर मुक्ति मोर्चा नेपालको अध्यक्षमा निरू थापा मगर

म्याग्दी । निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारिहरूमा उपाध्यक्ष सुदर्शन थापामगर महासचिव इन्द्र घर्तीमगर सचिव दुर्गा थापामगर कोषाध्यक्ष भिम प्रकाश पुन मगर चयन भएका छन् ।

निर्बाचित नयाँ कार्यसमितिलाई नेपाल कम्यनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं म्याग्दी,मुस्ताङ र बाग्लुङ इन्चार्ज विप्लव र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले बधाई मन्तव्य तथा आबश्यक निर्देशन दिनु भएको छ ।

मंसिर ८ गते देखि १० गते चम्म म्याग्दीको सदरमुकाम बेनीमा चलेको मोर्चाको चौथो राष्ट्रिय सम्मेलनले आगामि ३ बर्षका लागि नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ कार्यसमिति निर्बाचित गरेको हो । यसका साथै १० बुदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ । सम्मेलनबाट निबर्तमान अध्यक्ष गम बहादुर श्रीसमगर लगायत ७ जना तत्कालिन केन्द्रीय समितिका सदस्यहरूलाई बिदाई गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार