मत परिणामको म स्वागत गर्छु : भुसाल

सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोग्नुभएको हो ।

अनौपचारिक मतपरिणाम सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले आफूले मतपरिणामो स्वागत गर्ने बताउनुभयो। ‘म अहिले धेरै बोल्दिनँ, मत परिणामको स्वागत गर्छु,’ भुसालले भन्नुभयो। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार