महाधिवेशन उद्घाटनसत्रमा माओवादी केन्द्र र नेमकिपा सहभागी हुने अनिश्चित : भट्टराई

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएर शुभकामना मन्तव्य दिनका लागि संसदमा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दललाई निम्त्याइएको भए पनि दुई राजनीतिक दलको सहभागिता अनिश्चित भएको छ ।

एमालेको विदेश मामिला विभागले जनाएअनुसार उद्घाटनसत्रमा नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीको सहभागिता अनिश्चित बनेको हो ।

विभागका प्रमुख डा. राजन भट्टराईले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्र र नेमकिपाबाहेक पाँच राजनीतिक दलले उद्घाटनसत्रमा शुभकामना मन्तव्य दिन उपस्थित हुने जानकारी दिएका छन् ।

उहाँका अनुसार विदेशी पाहुनाहरुमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका नेताहरु भौतिक रुपमै उपस्थित भएर शुभकामना दिने छन् । यस अतिरिक्त करिब २५ देशबाट महाधिवेशन सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार