माओवादी केन्द्र ताकमको अध्यक्षमा खत्री

म्याग्दी । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिवेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्र्वसम्मत चयन भएको हो ।

म्याग्दीको प्रसिद्ध ताकमकोतमा वडादशैको महानवमीका दिन हुने छेलो प्रतियोगितामा वि.स. २०७० देखि ७६ सम्म लगातार सात पटक उपाधी जितेर पहलमानको पहिचान बनाउन सफल हुनुभएको खत्री भलिबल खेलाडी समेत हुनुहुन्छ । खुमबहादुर थापा र टोपबहादुर बुढाथोकी उपाध्यक्ष, भेषक पौडेल सचिब, मनदेबी बुढाथोकी कोषाध्यक्ष रहनुभएको कमिटीको सहसचिवमा बुद्धीबहादुर थापा चयन
हुनुभएको छ ।

यसैगरी खमबहादुुर थापा, खिमबहादुर खत्री, ओमबहादुर घिमिरे, चिन्तामणी सबुदी, नेत्र फगामी, जयकृष्ण सुबेदी, जितबहादुर फगामी, रामनारायण फगामी र खड्गबहादुर खत्रीलाई सल्लाहकारमा चयन गरिएको जिल्ला सदस्य किरन थापाले बताउनुभयो । आषिश खत्रीको अध्यक्षतामा सुकमाया परियार, सबहादुर सुनार, सुजनजंग थापा उपाध्यक्ष, सुवास खत्री सचिब, सम्झना खत्री कोषाध्यक्ष र मनिषा छन्त्याल सहसचिव रहेको वाइसीएलको वडा कमिटी गठन भएको छ ।

एमालेबाट चिन्तामणी सुबेदी, मनदेबी बुढा, सुर्यबहादुर थापा, जयकृष्ण सुबेदी, मनबिर बिक, रबिलाल बिक र काँग्रेसबाट धनबिर कार्मी माओवादी केन्द्रमा प्रबेश गर्नुभएको छ । ताकमकोतको बैठकको बाहनामा एमालेको भेलामा बोलाएर प्रवेश गराइएको बताउदै चिन्तामणी सुबेदीले माओवादीमै सक्रिय रहने बताउनुभयो । माओवादी केन्द्रका नेता खुमनाथ सबुेदी, गाउँपालिका इञ्चार्ज यामन रोका, सचिव
रेशम पुन, जिल्ला सदस्य किरन थापा, रिमप्रकाश थापा, वाइसीएलका गाउँपालिका इञ्चार्ज सबिन रोका लगायतको उपस्थितिमा वडा अधिबेशन भएको थियो ।

बक्ताहरुले माओवादी आन्दोलनका कारण प्राप्त भएको गणतन्त्र, संबिधान, संघीय ब्यवस्थालाई संस्थागत गर्दै बिकास, जनजिबिकाका मुद्दाको सम्बोधन र राष्ट्रियताको रक्षा गर्न माओवादीमा गोलबद्ध हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार