मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।मंगलबार बसेको प्रदेशसभा बैठकमा शाहीले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै विश्वासको मत मागेका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ३५ सदस्यीय कर्णाली प्रदेशसमामा मुख्यमन्त्री शाहीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । उनलाई नेकपा (माओवादी केन्द्र)का १२, नेपाली कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसदले विश्वासको मत दिने छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार