म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल

बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

‘देशभित्रै पनि मानिसले एकबाट अर्काे ठाउँमा गएर समय बिताउँदा आर्थिक गतिविधी हुन्छ । अबको तिर्थयात्रा पनि पर्यटन हो , ‘ उहाँले भन्नुभयो ‘हामीले पनि पर्यटन विकासका लागि धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा प्राथमिकता दिएका छौँ । ब्रह्याकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आश्रम व्यवस्थित गर्नका लागि प्रदेश सरकारले सघाउने मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री शर्माले नसर्ने रोगबाट बच्नका लागि तनाव व्यवस्थापन , सकारात्मक सोच , शुद्ध एवं सन्तुलित भोजनमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद बिनोद केसी , जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी , बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायतले व्यवस्थापन र शान्ति कायम गर्न राजयोग प्रशिक्षण केन्द्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

ब्रह्याकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा पाँच दिनसम्म बिहान ११ देखि दिउँसो १ बजेसम्म तनाव व्यवस्थापक एवं गीता विशेषज्ञ राजयोगिनी ब्रहयाकुमारी अमृत एम. एस्सीले प्रवचन गर्नुहुने भएको छ । आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान , तनाव व्यवस्थापन एवं आन्तरिक दण्दको निरुपण्न , सर्वाेच्च शक्तिसंग सम्बन्ध एवं कर्मयोग , मनलाई नियन्त्रण गर्ने कला, कर्मको गहन गति, जीवनमा दैवी गुणको धारणा , सृष्टि नाटकको रहस्य , मन–बुद्धी–संस्कारको दिव्यीकरण्म, राजयोग साधनाको अभ्यास , खुसी , सन्तुष्टि र आनन्दको अनुभूतिका विषयमा प्रवचन गरिने ब्रह्याकुमारी रिनाले बताउनुभयो ।

मानव व्याप्त चिन्ता, तनाव , निराशा, दु स् ख , भय र असुरक्षाले सृजित समस्याहरुलाई सत्य ईश्वरीय ज्ञान र योगको माध्यमबाट समाधान गरी जीवनमा खुसी , सुख, शान्ति , आनन्दका साथै ईश्वरीय शक्ति एवं वरदान प्राप्तिको अनुभूति गराउने उद्ेश्यले व्यवहारिक एवै वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । महायज्ञको अवसरमा ब्रह्याकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र  बेनीको आश्रम व्यवस्थापनका लागि सहयोग गर्न अपिल समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार