म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ

बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

गएको कात्तिक १८ गते स्थानीय बिकले फिल्म देखाउने प्रलोभनमा ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले बताउनुभयो ।

आरोपी बिकका बारेमा बालिकाले परिवारमा जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको थियो ।

घटनामा संलग्न बिकलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान तथा स्वास्थ्य परिक्षणका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । बालिकाको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घटनामा संलग्न आरोपीलाई आइतबार प्रहरीले जिल्ला अदालत म्याग्दीबाट सात दिनको म्याद थप अनुसन्धान सुरु गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा (३) को (क) बमोजिम दश बर्षभन्दा कम उमेरकी वालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय हुने ब्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार