लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, अवस्था तनावग्रस्त

धनगढी । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पूर्व–पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापा छन्।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड गरेका छन्। ट्रकमा आगजनी गर्न खोजेपछि स्थानीयलाई रोक्न प्रहरीले अश्रुग्याँस र केही राउण्ड हवाई फायरसमेत गरेको थियो।अहिले स्थानीयले बजार बन्द गराउनुका साथै राजमार्ग अवरूद्ध पारेका छन्।लम्कीको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार