सबल र सुदृढ एमाले बनाउने उद्देश्यका साथ चितवन आएका छौँ : रिमाल

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले आफूहरू सबल र सुदृढ पार्टी बनाउने उद्देश्यका साथ चितवन आएको बताउनुभएको छ । शुक्रबारदेखि सुरु हुने एमालेको १० औँ महाधिवेशनको लागि सौराहा आइपुगेका रिमालले भने–यो महाधिवेशनबाट एमाले सबल र सुदृढ एमाले आयो भन्ने सन्देश दिन हामी लागिपरेका छौँ ।

हामी आउने ५ वर्षका लागि हामी नयाँ नेतृत्व चुन्छौँ । जुन एकताबद्ध हुन्छ । एमालेले मुलुकलाई नेतृत्व दिन्छ । उहाँले एमालेले सबै खाले बिचारलाई समेटेर अघि बढ्ने भन्दै उहाँले सहमतिका लागि अधिकतम प्रयास हुने पनि बताउनुभयो । उहाँले सहमति हुन नसकेको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले आफू नेता कार्यकर्ताका चाहनाअनुसार जुनसुकै पदमा रहन तयार रहेको पनि बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार