होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना गरिएको हो ।
‘लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आयोजना गरिएको सांस्कृतिक साँझको अवसर पारेर म्याग्दी जिल्लाको विविध क्षेत्रमा योगदान पु¥याएका पाँचजना विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय संस्थापक सदस्य एवं लोकगायिका धनकुमारी थापा, साहित्यसँगै शिक्षा क्षेत्रमा क्रियाशील म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी, मोडल सुनिल बानियाँ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा ँम्याग्दीका संस्थापक अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक घनश्याम खड्का र कलाकार प्रकाश दुतराज रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, विशिष्ट अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र यति होटलका प्रोप्राइटर बिमला गौचनले अबिर लगाई, दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रमको उद्घाटनसँगै विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले यति होटलका संस्थापक राम गौचनले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, उपसभापति माधव रेग्मी, म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्य र आन्तरिक पर्यटन पुनरुत्थान समितिका सचिव भरत रकालले मन्तव्य राखेका थिए । कार्यक्रम यति होटलका प्रोप्राइटर गौचनको अध्यक्षता तथा स्वागत र कलाकार एवं सञ्चारकर्मी अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कलाकारहरु बसन्त थापा, सम्भोज मल्ल, प्रकाश दुतराज, रवि कार्की र मिलन विश्वकर्माले आ–आफ्नो साङ्गीतिक प्रस्तुती दिएका थिए । यति लोक सांस्कृतिक साँझको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो भने जिल्लास्थित विभिन्न कलाकारहरुले भाग लिएका थिए । नेपाल मगर संघ म्याग्दीका कलाकारहरुले लोपोन्मुख थालीनृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार