अहिलेको कार्यशैलीले राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न सक्दैन : लिङ्देन

काठमाडौँ । राप्रपाका नेता तथा आगामी कार्यकालबाट नयाँ नेतृत्वका दाबेदार रहेका राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ ।

‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर आठ १० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन’, बुधबार राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लिङ्देनले भन्नुभयो ।

उहाँले राप्रपालाई देशको देशको अग्रणी पार्टी बनाउने, देशलाई हिन्दुराष्ट्र पुनस्थापना गर्ने, सुशासन कायम गर्ने हो भने पार्टी नयाँ ढंगले जाने बेला आएको पनि बताउनुभयो। पार्टीले बोकेको मुद्दा जिवित राख्नका लागि पनि नयाँ नेतृत्व जरुरी रहेको उहाँको भनाइ छ । पार्टीबाहिर एउटै विचार र आस्था राख्ने सबैलाई समेटेर अघि बढ्न्पर्ने आवश्यकता उनले सम्बोधनका क्रममा औंल्याउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार