कुश्मामा व्यवसायिक स्काई साइक्लिङ सुरु

काठमाडौँ । विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले कुश्मामा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ समेत सुरु गरेको छ । कम्पनीले कालीगण्डकी माथिको भीरमा बञ्जिसँगै रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ एडभेन्चर खेलको समेत निर्माण गरेको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको कम्पनीले बताएको छ ।

प्रतिव्यक्ति ३ हजार ५ सय शुल्क रहेको साइक्लिङ खेल्न हाल शुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत छुट समेत प्रदान गरिने उहाँले बताउनुभयो । गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काई चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा एडभेन्चर खेलमा थप स्काई साइक्लिङ समेत सुरु गरेको कार्कीले बताउनुभयो।

विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनि व्यवसायिक स्काई साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ । विश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एडभेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार