खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग (तस्बिरहरु)

बेनी । भारतिय दुताबासले म्याग्दीको खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकोछ । शुक्रबार दुताबासले बेनीमा एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिका–६ स्थित खिबाङ आधारभुत विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।

भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनीले आयोजना गरेको स्वागत कार्यक्रममा बोर्डका रक्षा सहचारी तथा सचिव कर्णेल अमितकुमार शर्मा र लेप्टीनेन्ट शशांक त्रिपाठीले उक्त सामाग्री गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा र वडा सदस्य क्याप्टेन रबिन्द्र गर्बुजालाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा कर्णल शर्माले म्याग्दी र भारतीय गोर्खा सैनिकको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्नुभयो । उहाँले भुपुहरुले पाउने सेवा, सुविधालाई सरल र सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगमी बर्षदेखी बेनीमा भुपुहरुका लागि पेन्सन शिविर सञ्चालन गर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा भुपु सैनिक हिमबहादुर भण्डारीकी छोरी सुसनलाई छात्रावृत्ति बापत तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा भुपु र तिनमा आश्रित परिवारका सदस्यहरुले पेन्सन सुविधाको समस्याको बिषयमा शर्मालाई जानकारी गराएका थिए । भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीको अध्यक्षता र भुपु सैनिक खुमबहादुर बानियाँको संचालन गर्नुभएको थियो । कार्यक्रममा देउप्रसाद छन्त्यालले मन्तव्य राख्नुभएको थियो ।बोर्डको टोलीलिे केन्द्रले खरिद गरेको जग्गाको पनि निरिक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार