जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा कुल दुई करोड ८६ लाख रुपैयाँ लागत मध्ये विद्यालयले दश प्रतिशत व्यहोर्नुपर्नेछ ।

 

भवनको शिलान्यास गर्दै अध्यक्ष रोका मगरले सहयोगी गोर्खा वेलफेयर ट्रष्टलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मालिका गाउँपालिकाका सबै सामुदायिक विद्यालयलाई स्रोत साधन सम्पन्न बनाउने बताउनुभयो । भवन निर्माण र विद्यालयलाई गााउँपालिकाले आवश्यक सयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

गाउँपालिकाले सामुदायीक विद्यालयमा स्रोत साधन उपलब्ध गराएर गुणस्तरीय शिक्षा प्रदानमा जोड दिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमाया विटालु र वडा अध्यक्ष सन्तोष सुवेदीले विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रअ दिवाकर सुवेदीले भवन निर्माण सहयोगी गोर्खा वेलफेयर ट्रष्ट र पहल गर्ने क्याप्टेन घर्तिलाई धन्यवाद व्यक्त गर्नुभयो ।पहिलेको भवन साँघुरो हुँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रअ सुवेदीले बताउनुभयो । भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने बताउँदै प्रअ सुवेदीले पुरानो भवनलाई आवासीय छात्रावासको रुपमा प्रयोग गर्ने जानकारी दिनुभयो ।

 

उहाँका अनुसार आगामी असार दोस्रो हप्ता भवन निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नेछ । सुपर भाइजर डम्बर थापाको निगरानिमा गोर्खा वेलफेयर ट्रष्टले निर्माणको जिम्मा लिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौमति चापागाइको अध्यक्षता र विद्यालयका प्रअ सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शिक्षा अधिकृत अशोक रिजाल ,इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । छ्यारछा्यारेमा यस अघि पुर्ननिर्माण प्राधिकरणबाट चार कोठे र शिक्षा विभागबाट चार कोठे भवन निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार