तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

उहाँले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरूङ समुदायले पुर्‍याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र सँस्कृतिलाई अरू समुदाय समक्ष चिनाउन मद्दत गर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकबीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो।

‘आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरूङ समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै सक्षम उजागर गर्न र यस समुदायको सभ्यता र सँस्कृतिलाई अरु समुदायसमक्ष चिनाउन मद्दत गर्ने विश्वास लिएको छु । यो पर्वले काठमाडौं उपत्यका भित्र र बाहिर रहेका तमु समुदायहरु विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता, सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु ।

तमु समुदायको भाषा, सँस्कृति, संविधानको संरक्षण संवद्र्धन गर्न नेपाल सरकारले सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो।गुरूङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार