‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौँः पोखरेल

सिरहा । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ ।

धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् । ‘अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान चाहन्छौँ । तर, कांग्रेसले यथास्थिति एमसीसी पास गराउने प्रस्ताव ल्याइरहेको छ । यतिबेला हामी देश छान्ने कि, गठबन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं,’ उहाँले भन्नुभयो ।

चुनावमा समीकरण गर्ने नाममा कुनै पनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने उहाँले बताउनुभयो । पोखरेलले एमालेले अब बामपन्थी पार्टी नरहेको जिकिर गर्नुभयो । एमालेको अहिलेको नेतृत्व निरंकुशतार्फ अघि बढिरहेको जिकिर गर्दै उहाँले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार