नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो । उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिनुभयो ।

अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताउनुभयो । एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार