पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र वडा नम्बर ४ दग्नाम  क्षेत्रमा निर्माणधिन राहुघाट मंगले जलविद्युत् आयोजनामा पहिरोले डोजर पुर्दा चालक भिमबहादुर खत्रीको मृत्यु भएको छ ।

टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले पुरिएर सोही गाउँपालिका वडा नम्बर २ का अन्दाजी २७ बर्षिय खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्यादीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष एकबहादुर गर्बुजाका अनुसार सोमबार विहान ८ बजेको समयमा आयोजना स्थलमा बाटो खनिरहेको अवस्थामा माथिबाट खसेको पहिरको ढिस्कोले डोजर पुरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार