पारिवारिक निजी वन संघ रघुगंगा गाउँपालिका अध्यक्षमा भण्डारी

बेनी  । पारिवारिक निजी वन संघ रघुंगगा गाउँपालिका अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । शुक्रबार म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित शिव भ्यालीमा सम्पन्न पालिका स्तरीय निजी किसानहरुको भेलाबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रमाकुमारी कटुवाल,सचिवमा राजकुमार भण्डारी ,सहसचिवमा राजकुमारी गर्बुजा ,कोषाध्यक्षमा डम्मरकुमारी मल्ल चयन हुनुभएको पारिवारीक निजी वन संघ म्याग्दी शाखाका सचिव रश्मी बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,सदस्यहरुमा ध्रुव सुवेदी ,ओमकुमारी शाही ,बोमाया पुन ,अम्मरबहादुर खत्री ,लिलबहादुर पुन र देव छन्त्याल चयन हुनुभएको छ । अध्यक्ष रेशम बहादुर बानियाँले जानकारी दिनुभयो । भेलाको उद्घाटन गण्डकी प्रदेश सदस्य सांसद विनोद केसीले गर्नुभएको हो । भेलालाई सम्बोधन गर्नुहुँदै सांसद केसीले प्रदेश सरकारले वन ऐन निर्माण गर्न लागेको बताउनुभयो । उहाँले पारिवारीक निजी वन संघको माग सम्बोधनका लागि आफुले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पारिवारीक निजी वन संघलाई जिल्लाका सबै स्थानीय तहमा विस्तार गरी संघको निति ,कार्यक्रम र उद्धेश्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पारिवारीक निजि वन संघ म्याग्दी शाखाका अध्यक्ष रेशम बहादुर बानियाँले रघुगंगा र मालिकामा पालिका स्तरीय समिति गठन गरिएको जानकारी गराउनुहुँदै जिल्लाका सबै पालिकामा विस्तार गर्ने योजना सुनाउनुभयो ।

उहाँले संघले निजी वन भएका किसानहरुको हक हित र अधिकारका लागि काम गर्ने बताउनुभयो । वन ऐन झन्झटिलो भएको उहाँको भनाई थियो । वन ऐनका कारण किसानहरुले आफ्नो निजी स्वामित्वमा रहेको वनबाट उत्पादित बस्तुहरु विक्री वितरण गरी जिविकोपार्जन गर्नबाट बञ्चित हुनुपरेको बानियाँले बताउनुभयो । उहाँले वन उद्यम स्थापनामा बाधकका रुपमा रहेको दुरी सम्बन्धी कानुनी प्रावधान तत्काल पुर्नविचार गरी उद्यम स्थापनाको लागि सरल र सहज वातावरण बनाई किसानहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने नितिगत व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीमा १०४ जना पारिवारीक निजी वन संघ म्याग्दीमा आवद्ध छन् ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सहसचिव सिता गुरुङ,पारिवारी निजि वन संघ म्याग्दीका कोषाध्यक्ष तथा केन्द्रीय न्यायीक समिति सदस्य रामबहादुर शाही ,केन्द्रीय सदस्य रुमदेबी घर्ती मगर ,वडा अध्यक्ष रिमबहादुर कटुवाल,जिल्ला समिति सदस्यहरुमा गंगा घर्ति मगर ,नगेन्द्र बहादुर केसी ,विष्णु गुरुङ ,तेजकुमारी पुन ,गंगाबहादुर बानियाँ , पारिवारीक निजी वन संघ मालिका गाउँपालिका सचिव सिता पुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव वानियाँले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार