बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औँ स्थापना दिवसको अबसरमा मंगलघाटमा रहेको बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । सहकारीले एक कार्यक्रमको आयोजना गरि सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका अध्यक्ष राजेश शाक्यलाई २५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहकारीको समाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको सहकारीले यस बर्ष बैकल्पिक विद्यालयलाई सहयोग गरेको सहकारीका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।सहयोग हस्तातरण कार्यक्रममा विद्यालयका अध्यक्ष शाक्यले विद्यालयबाट गत बर्ष ९ जना आमाहरुले विद्यालयबाट एसर्र्ईई पास गरेको बताउनुभयो । उहाँले पछिल्लो समय विद्यालय सञ्चालनमा आर्थिक अभाव हुन थालेको बताउदै सबैबाट आर्थीक संकलन गरेर ८ लाख बढी रकम संकलन गरेको जानकारी दिनुभयो ।

म्याग्दीका विभिन्न कारणले पढ्न नपाएका आमाहरुका लागि केही बर्ष अघि स्थापना भएको विद्यालयमा घरायसी काम सकेर आमाहरु विद्यालय जाने गरेका छन् ।सहकारीका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समिति, सल्लाकारहरुको उपस्थिती रहेको थियो भेन कार्यक्रमको सञ्चालन सचिव माधवप्रसाद रेग्मीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार