यी मानिसहरुलाई अतिरिक्त कोरोना खोप दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले विभिन्न समूहका मानिसहरुलाई कोरोनाको अतिरिक्त खोप दिने निर्णय गरेको छ । रोग–प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा क्यान्सर रोगी,अंग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामीहरुलाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । त्यस्तै आवश्यकताका हिसाबले मानिसहरूलाई अतिरिक्त खोप दिने मन्त्रालयले जनाएको छ ।

तर,अतिरिक्त खोप कहिलेबाट दिने भनेर थप निर्णय हुन बाँकी रहेको छ । खोप कुन समूहलाई कसरी र कहिले लगाउने भन्ने कुरा खोप सल्लाहकार समितिले निर्णय गर्नेछ । अहिले खोप सल्लाहकार समिति सोबारे टुंगो गर्न छलफलमा जुटेको छ। योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोप लगाएका ६० वर्ष माथिका वृद्धवृद्धालाई पनि अतिरिक्त मात्रा दिने भनिएको छ।

तर अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने मन्त्रालयले जनाएको छ ।गत पुस ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमदेखि नागरिकलाई बुस्टर डोज दिन सुरू गरिने जनाएका थिए। तर त्यसबारे थप जानकारी मन्त्रालयले दिएको छैन। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार