राप्रपा र एमालेलाई एजेन्डाले एक ठाउँमा ल्याउन सक्छ : पोखरेल

काठमाडौँ । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेन्डाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभएको छ । काठमाडौँमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेन्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभयो ।

सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताउनुभयो । विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उहाँले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उहाँले एजेन्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार