सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोक्न सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो।

पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास गठन गरिएको छ।यसैगरी न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश बमकुमार श्रेष्ठको इजलास तोकिएको छ।

यस्तै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका थिए। गोला प्रक्रियाको सुनिश्चितता पश्चात् सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि इजलास फर्किंदै छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार