मुलुकको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री जिम्मेवारी देखिनुभएन : पूर्व अर्थमन्त्री लोहनी

काठमाडौँ । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताउनुभएको छ । नेपाल को अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको लोहनीले बताउनुभयो ।

शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ । अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिल मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन। एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ,’ उहाँले लेख्नुभएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध युवा संघ र अनेरास्ववियुको विरोध

म्याग्दी ।पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा म्याग्दीमा आज एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । सरकारले खाना पकाउने एलपी ग्यास तथा पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिको विरोधस्वरुप…

thumbnail

१६.३२ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो…

thumbnail

अध्यक्ष भण्डारीद्धारा प्रेस युनियन म्याग्दीलाई ५१ हजार १११ रुपैयाँ सहयोग

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । एक कार्यक्रमका विच अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको…