अपहरणमा परेका राइडर अफलाइन थिए : पठाओ

काठमाडौँ । पठाओ नेपालले अपहरणमा परेका राइडर राइडमा हुँदा अपहरणमा नपरेको बताएको छ । पठाओले एक विज्ञप्ति जारी गर्दै अपहरणमा परेका राइडर अनलाइन राइडमा नभएको बताएको हो ।

विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पठाओ अनलाइन सेयर राइडिङ प्लेटफर्म हो । यो सेवा लिन र दिन अनलाइनमार्फत बुकिङ गर्न आवश्यक छ । सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण उपलब्ध हुन्छ ।’

तर, शनिबार अपहरणमा परेका राइडर अनलाइन राइडमा नरहेको पाइएको कम्पनीले बताएको छ । यस्तो राइड सुरक्षित नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न कम्पनीले बारम्बार सुझाउँदै आएको छ ।

पठाओ राइडरले उक्त दिन सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको कम्पनीले बताएको छ । रातको ११ बजेर १८ मिनेटमा लिएको राइड कोटेश्वर पुग्दा ११ बजेर ३३ मिनेट बजेको थियो । त्यसपछि अपहरणमा पर्ने राइडरले कुनै पनि राइड नलिएको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार