अस्ट्रेलियन ओपनः नाडाल सेमिफाइनलमा

काठमाडौँ । गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम चार पक्का गरेका हुन्।

पाँचौं वरियताका नाडालले १४ औं वरियताका डेनिसमाथि ६–३ ६–४ ४–६ ३–६ ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले । सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका नाडाल अष्ट्रेलियन ओपन २००९ को च्याम्पियन हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार