एमालेका १६ जिल्ला अधिवेशन अझै रोकिए

काठमाडौँ । नेकपा एमालेले शुक्रबार ६१ वटा जिल्ला कमिटीको अधिवेशन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय थापाथलीको ुवार रुमुबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् । एमालेको भूगोलतर्फकका ७७ वटा जिल्ला कमिटीको एकैपटक अधिवेशन गर्ने भनिए पनि शुक्रबार ६१ वटा मात्रै उद्घाटन गरिएको हो ।

अध्यक्ष ओलीले उद्घाटनमा मौसमी प्रतिकुलताको कारण सबै स्थानमा एकैपटक सम्पन्न गर्न नसकिएको बताउनुभयो । जिल्ला सम्मेलन नभएका १६ जिल्लामध्ये सबैभन्दा बढी ७ वटा जिल्ला प्रदेश १ का छन् ।एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार प्रदेश नम्बर २ को सप्तरी बाहेक अन्य जिल्ला अधिवेशनको मिति तोकिएको छ । सप्तरीमा आज अधिवेशन सुरु भएको छ । बाँकी जिल्लाहरूको अधिवेशनको मिति पनि तोकिसकिएको छ’ डा अधिकारीले भन्नुभयो ।

अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश नम्बर १ को संखुवासभा, प्रदेश १ को सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ रहेका छन् । संखुवासभामा सोमबार, सिराहामा आइतबार, धनुषामा माघ ७ गते, महोत्तरीमा माघ ५ गते, सर्लाहीमा माघ ५ गते, रौतहटमा पुस २९ गते, बारामा पुस २८ गते, पर्सामा पुस २७ गते अधिवेशनको मिति तोकिएको छ ।

यस्तै शुक्रबार अधिवेशन उद्घाटन हुन नसकेका जिल्लामा लुम्बिनी प्रदेशमा रोल्पा र पूर्वी रुकुम छन् । पूर्वी रुकुमको अधिवेशन मिति भने माघ २२ गते तोकिएको छ । डा अधिकारीका अनुसार रोल्पा जिल्ला कमिटीको सचिवको निधन भएका कारण त्यहाँको अधिवेशन रोकिएको हो ।कर्णाली प्रदेशमा पनि केही हिमाली जिल्लाको अधिवेशन हुन सकेको छैन । ‘कालीकोटमा भोलि (शनिबार) र मुगुमा मंगलबार अधिवेशन गरिने डा अधिकारीले बताउनुभयो । । यस्तै हुम्लाका लागि माघ २३ गते मिति तोकिएको छ ।

एमाले उपत्यका विशेष समन्वयन समितिअन्तर्गत रहेको मजदुर र पेशागत विशेष जिल्ला कमिटीको अधिवेशन पनि शुक्रबार सुरु भएको छ । युवा तथा विद्यार्थी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशन भने हुन सकेन ।एमालेमा भूगोलका ७७ जिल्ला कमिटी अतिरिक्त ४ वटा विशेष जिल्ला कमिटी रहेका छन् । यसैगरी प्रदेश सम्पर्क कमिटीको हैसियत पनि जिल्ला कमिटी बराबर रहने प्रावधान छ । प्रदेश सम्पर्क कमिटीको अधिवेशन भने एकैपटक पुस ३० गते हुने अधिकारीले जनाकारी दिनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार