गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर

एजेन्सी । फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी नोक्सानी पु¥याएको बताएका छन् ।आफ्नो एफआईआरमा फिल्म निर्माताले गुगलका सीइओ सुन्दर पिचाई र कम्पनीका ५ अन्य कर्मचारीको नाम पनि समावेश गरिएको छ । अंधेरी इस्ट एमआइडीसी प्रहरी स्टेशनमा कपिराइट एक्टको धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ ।

एक अर्बभन्दा बढीपटक कपीराइट उल्लंघन गरेको छः सुनिल

सुनिल दर्शनले इटाइम्ससँगको कुराकानीमा भने, ‘मेरो फिल्म जसलाई मैले कहिले पनि अपलोड गरेको छैन र संसारभरी कसैलाई बेचेको छैन । त्यसलाई युट्युबमा लाखौं पटक हेरिएको छ । म गुगलसँग यो फिल्मलाई प्लेटफर्मबाट हटाउनका लागि अनुरोध गरिरहे र यताउती भड्किरहेँ ।’म असाध्यै नि निराश भएको थिएँ र मसँग कुनै विकल्प बचेको थिएन, त्यसैले म अदालत जानुपर्यो । सौभाग्यले अदालतले मेरो पक्षमा आदेश दियो र प्रहरीलाई एफआईआर दर्ता गर्नका लागि निर्देशन दियो । एक अर्बभन्दा बढी पटक कपिराइट उल्लंघन भएको छ र मसँग तीमध्ये प्रत्येकको रेकर्ड छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार