जन्मदिनमा चार विपन्न विद्यार्थीलाई सहयोग

बेनी ।आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना घर भई हाल यूकेमा रहनुभएका कृष्ण तुलाचनले चरम गरिबीका कारण पठनपाठनमा समस्या चार विद्यार्थीलाई नगद ५० हजार सहयोग गर्नुभएको हो ।

जन्मदिनको अवसरमा तुलाचनका आफन्त देबेन्द्र तुलाचन, सहकर्मी सुमन गिरी सहितको टोलीले बेनपा–४ धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत मेधावी छात्र सोनी थापा मगरलाई २० हजार, अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी अभिभावकबिहिन ८ बर्षिया एजिना पुनलाई २० हजार, म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा धनमायाँ विक र सोमप्रसाद सोपकोटा लाई ५÷५ हजार हस्तान्तरण गरिएको छ ।अभिभावकसँगै सुकुम्बासी जिवन विताइरहेकी छात्रा सोनी विद्यालयकै उत्कृष्ट विद्यार्थी,े हिस्तानकी एलिना र दृष्टिविहिन धनमायाँ अभिभावकविहिन र सोमप्रसाद् अपाङुता भएका जेहेन्दार विद्यार्थी हुनुहुन्छ।

धनमायाँ र सोमप्रसादलाई अघिल्लो बर्ष समेत क्याम्पसमै कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी तुलचानले हरेक बर्ष जन्मदिनमा आफ्नो खुशी असहाय अपाङ्घ तथा चरम गरिबीसँग जुधेका बालबालिकालाई सहयोग गरी मनाउने गरेको प्रतिनिधि सुमन गिरीले जानकारी दिनुभयो ।

‘पछिल्लो आधादशक यता हामीले म्याग्दीकै बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाइरहेका छौ,‘हरेक बर्ष अभावमा गुज्रिएका विद्यार्थीमाझमै जन्मदिन मनाउने योजना छ’ तुलाचनको भनाई उद्धित गदैं गिरीले भन्नुभयो । आफ्नो जन्मभूमि दानामा शिक्षा तथा विभिन्न क्षेत्रमा लाखौं सहयोग गर्नुभएका तुलाचनले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताइएको थियो।

सोही अवसरमा धौलागिरी माविका विब्यस अध्यक्ष भगवान खड्काले भविस्यमा राम्रो शैक्षिक जनशक्ती बन्न सक्ने विद्यार्थीलाई आर्थिक अभावले समस्यामा पारेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो । बेनीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मगर संघकी अध्यक्ष डमायाँ पुनले हिस्तानी बालिकाको सहयोगलाई बैंकखातामा राखेर थप सहयोग जुटाउने अभियानमा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार