जेलबाटै लागू औषधको कारोबार : १७ जना पक्राउ

काठमाडौं । लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके हुन् ।उनले ५ वर्ष कैद सजाय काटिरहेका सन्तोष स्याङ्तान, जो टेलिफोन नाइके समेत हुन्, सँग मिलेर जेलबाटै लागू औषध कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।ब्यूरोका अनुसार गुप्ता र स्याङ्तानलाई जिल्ला कारागार, रौतहट सरुवा गरिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार