थप १२००८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४० जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार