थप ८४५४ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३३ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार