नेपाल र भारतबीच उडान संख्या थपिँदै

काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एकरएक उडान काठमाडौं–दिल्ली–काठमाडौं र दिल्ली–काठमाडौंरदिल्ली रुटमा गरिरहेका छन् ।

दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले यसैसाता सहमति दिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार एयर बबल स्कीमका शर्त कायमै रही उडान संख्या थप गर्ने गरि भारत सरकारले अनुमति दिएको छ । यस्तो शर्त ३१ फेब्रुअरीसम्म कायम रहने छ ।

भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्कीममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । सोही अनुसार दुबै मुलुकका ध्वजाबाहक कम्पनीले दैनिक एकरएक उडान गर्दै आएका छन् ।अब भने साविकमा अनुमति पाएका सरकारी वायुसेवा बाहेक निजी कम्पनीले समेत नेपाल र भारतमा उडान गर्न सक्ने भएका हुन् । भारतको निजी लगानीको भिस्तारा एयरले नेपालमा १६ फेब्रुअरी (४ फागुन)बाट दिल्ली-काठमाडौं-दिल्ली रुटमा उडान गर्ने गरि मिति नै तोकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेका छन् । यसमा एयर इण्डिया, भिस्तारासहित इण्डिगो एयर रहेको छ । एयर इण्डिया र भिस्ताराले दैनिक एकरएक र इण्डिगो एयरले दैनिक दुई उडानको अनुमति मागेका छन् । यो भारतीय कम्पनीले नेपालमा पाउने अनुमति संख्या साताको २८ उडान बराबर हो ।

नेपालबाट भारतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । तोकिएको उडान संख्या भित्र अब नेपाल एयरलाइन्सले समेत उडान थप गर्न सक्ने छ । विगतमा नेपाल एयरलाइन्सले मुम्बई र बैलौंरमा उडान गरिरहेको थियो । ती गन्तब्यमा जान चाहेमा अब नेपाल एयरलाइन्सले सम्बन्धित विमानस्थलमा स्लट लिएर उडान गर्न सक्ने प्रवक्ता कर्णले जानकारी दिनुभयो ।

एयर बबल स्कीम अनुसार एक अर्का मुलुकका नागरिकले तोकिएको कोभिड प्रोटोकलका प्रावधान पुरा गरि यात्रा गर्न सक्छन् । यी उडानमा तेस्रो मुलुकका पर्यटकलाई भने यात्राको अनुमति छैन । तर, कुटनीतिक नियोग र सम्बन्धित मुलुकले अनुमति दिएका तेस्रो मुलुकका नागरिकले भने यात्रा गर्न सक्छन् । ३१ फेब्रुअरीसम्म निजी कम्पनीले समेत यसै प्रावधान भित्र रहेर उडान गर्नुपर्नेछ । यसरी उडान संख्या थप हुँदा भाडा प्रतिस्पर्धी हुने र यसको फाइदा यात्रुलाई पुग्ने छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार