प्याब्सन म्याग्दीको अध्यक्षमा पुन

बेनी । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिराबहादुर पुन चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको नवौं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट  अध्यक्षमा पुन चयन हुनुभएको हो । पुन मालिका गाउँपालिका-६,स्थित केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलको प्रवन्ध निर्देशक हुनुहुन्छ ।

संगठनको कार्यसमिति उपाध्यक्षमा सुवास कुमार श्रेष्ठ ,सचिवमा दिपक सुवेदी ,सह-सचिवमा कृष्ण खडका ,कोषाध्यक्षमा बिरेन्द्र घर्ती चयन हुनुभएको छ भने सदस्यहरुमा श्रीराम पौडेल , राजु केसी ,सन्दिप केसी , युवराज भट्टराई तथा प्रमुख सल्लाहकारमा कृष्ण प्रसाद सुवेदी चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार