बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उहाँलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार