मंगलाघाटमा निर्माणधिन घरको तीन तलाबाट खसेर हिस्तानका पुनको मृत्यु

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित मंगलाघाटमा निर्माणधिन घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन घरको तेस्रो तलबाट खसेर जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

दिउँसो करिब ३:४५ बजेको समयमा हिरादेबी भण्डारीको निर्माणधिन घरको तीन तलाबाट खसेर घाइते हुनुभएका पुनलाई उपचारका लागि बेनी अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रनाउ राइले बताउनुभयो । पुन सो निर्माणधिन घरमा मजदुरको रुपमा कार्यरत हुनुहुथ्यो । मृतक पुनको शव परिक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार