म्याग्दीको जनसंख्या घट्यो

बेनी । म्याग्दीको कुल जनसंख्या एक लाख सात हजार ३७२ पुगेको छ । १० वर्षयता म्याग्दीमा बसोबास गर्ने जनसंख्या केही घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दीमा पुरुषको संख्या ५२ हजार ५ सय ५४ र महिलाको संख्या ५४ हजार आठ सय १८ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ हजार ६४१ थियाे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार