राष्ट्रियसभा निर्वाचन : बेनी नगरपालिकाकी उपमेयर बरुवालले गरिन् मतदान

पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो।

उपमेयर बरुवाल मंगलबार नै मतदानका लागि पोखरा पुग्नुभएको थियो । ‘ मतदान नगर्ने भनेर मलाई आधिकारीक सुचना आएको थिएन,’ उहाँले भन्नुभयो, ‘मैले मतदान गरेँ। पार्टीले कारबाही गरे पनि भोग्ने होला अब।’ राप्रपाबाटै निर्वाचित हुनुभएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी हुनुभएन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार