लोकेश बमले हाने १४ बलमा अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लोकेश बमले आक्रामक ब्याटिङ गरेका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ब्याट्सम्यान लोकेशले त्रिभुवन आर्मी क्लबविरूद्ध १४ बलमा अर्धशतक पूरा गरेका छन्।

उनले १४ बलमा अर्धशतक प्रहार गर्न ७ छक्का र २ चौका प्रहार गरे। उनी खेलमा नटआउट ६६ रन जोडे, यसका लागि उनले १८ बल खेलेर २ चौका र ९ छक्का प्रहार गरे। प्रधानमन्त्री कपको दोस्रो सेमिफाइनलअन्तर्गतको यो खेलमा लोकेशको आक्रामक अर्धशतकसँगै एपिएफले २ विकेटको क्षतिमा २३० रन जोडेको छ।

एपिएफका लागि ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले पनि अर्धशतक हिर्काए। प्रदीपले नटआउट ५७ रन र आसिफले ८४ रन जोडे। प्रदीपले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा आसिफले ४३ बलमा १० चौका र ५ छक्का हिर्काए। दुईबीच पहिलो विकेटका लागि १५ ओभरमा १५० रनको साझेदारी भएको थियो।

बलिङमा आर्मीका जितेन्द्र मुखिया र सुमित महर्जनले एक एक विकेट लिए। मुखियाले ४ ओभरमा ५७ रन खर्चिए। जसमा ६ छक्का समावेस छन्। उनीविरूद्ध ती ६ वटै छक्का लोकेश बमले होनका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार