सिंगामा राष्ट्रिय मगर संघ र तरुणदलको वडा इकाई समिति गठन ,तीनै तहको चुनाव जित्ने सभापति गर्बुजाको दाबी

बेनी ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर आफ्ना योजना सुनाउँदै संगठन विस्तारलाई प्राथमिकता दिएको बताउँदै सभापति गर्बुजाले टोल–टोलमा देखिएको उत्साहले म्याग्दीमा कांग्रेसले तीनै तहको निर्वाचन जित्ने दाबी गर्नुभएको छ ।

शुक्रबार बेनी नगरपालिका वडा नं ४ स्वातमा भात्रृ संगठन नेपाल तरुण दल र राष्ट्रिय मगर संघको वडा इकाई समिति गठनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदैं सभापति गर्बुजाले तीनै तहको निर्वाचनमा पार्टीले जित्ने गरी हरेक वडाका टोलटोलमा पुगेर संगठन विस्तार सहित जनताको समस्या समाधान गर्न समेत नेता कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । सभापति गर्बुजाले स्थानीय बासीको समस्या समाधनको लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन जित्ने ढंगले संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताउनुभयो । यस अगाडीको सरकारको आलोचना तथा मुल्याङ्कन कांग्रेसले भन्दा बढी आम जनताबाटै भइरहेको बताउँदै दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो।उहाँले जनतालाई कोरोनाको जोखिममा खोप वितरण सहित प्राकृतिक विपत्तीमा परेकालाई उद्धार तथा समयमै राहत वितरण, विकास निर्माणका योजनमा समेत बजेट विनियोजनमा प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, पुर्बसह– सभापति नेत्रबहादुर महत,सचिव तथा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका हिराबहादुर पुन , निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की ,सह–सचिव श्रीराम पौडेल ,प्रदेश सभा ‘क’का सभापति ओम छन्त्याल ,महाधिवेशन प्रतिनिधि मनकुमारी बिक ,बिना खड्का ,खिमकुमारी पुर्जा ,बिक्रम बोगटी ,निवर्तमान जिल्ला प्रवत्ता अजयमिलन श्रेष्ठ, नगरसभापति रबिन्द्र कार्की लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सचिव भरत रकाल ,नगर उपसभापति हरिप्रसाद पौडेल ,लगायतको उपस्थिती रहेको थियो । कांग्रेसका जिल्ला नेताहरुले अभियानको क्रममा समय दिनसक्ने, संगठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको उपस्थिती देखिएको बताउनुभयो । वडा इकाई सभापति सुमन बानियाँले छिट्टै टोल स्तरमा संगठन विस्तार अभियान संचालन गरिने बताउनुभयो । स्वातमा आयोजित कार्यक्रममा तेजेन्द्र खत्री (शिब) को अध्यक्षता मा ५५ सदस्यीय तरुण दल र राष्ट्रिय मगर संघको अध्यक्ष टेक बहादुर फगामिको अध्यक्षतामा ९ सदस्य सर्बसम्मत वडा समिति गठन गरिएको छ ।

वडा इकाई सभापति बानियाँको सभापतित्व ,वडा इकाई उपसभापति भुपेन्द्र बानियाँको स्वागत र युवा नेता बिजय शाहीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।यसैगरी नेकपा एमालेको भात्रृ संगठन युवा संघ म्याग्दीका जिल्ला सदस्य रञ्जित बानियाँ लगायत २५ जना कांग्रेस प्रवेश गरेका छन् । प्रवेश गरेकाहरुलाई सभापति गर्बुजाले सदस्यता पत्र वितरण गर्नुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार