३२ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् । सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार