एमसीसी अनुमोदनको विरोध गर्दै नेपालका लागि नेपालीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपालको लागि नेपालीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको परिवर्तनको लागि मंगलबार काठमाडौंस्थित गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने बताएको हो । अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताईएको छ । आन्दोलन देशको हित र परिवर्तनको लागि भएकोले सम्पुर्ण देशभक्त, राष्ट्रवादीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ ।

कार्यक्रममा अधिवक्ता डा.सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरुबाट नै आज देशले धोका पाएको टिप्पणी गर्नुभयो । भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि दाबी गर्नुभयो । एमसीसी पास गर्नुपर्ने क्रममा १२ बुँदाको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा.भण्डारीले ठोकुवा गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार