प्रकाशकीय : ‘म्याग्दी न्युज डटकम’सातौं बर्षमा

आजबाट हामी छैटाै‌ं वर्ष पूरा गरी ७ औं वर्षमा प्रवेश गरेका छौं । वार्षिकोत्सवका अवसरमा  सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छाै‌ं । ग्लोबल म्याग्दी मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन समाचार पोर्टल ‘म्याग्दी न्युज डट्कम’ ६ बर्ष अघि २४ फागुन अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा आएका थियौं । यहाँहरुको माया, साथ एवम् सहयोगले हामी आज छैठौं बर्ष पार गरेर सातौं बर्षमा प्रवेश गर्न सफल भएका छौं ।

०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो । ६ बर्षको यात्रामा अनेक उकाली–ओराली र समस्या–संकटहरू देखे–भोगेका छौं र त्यसलाई कुशलतापूर्वक छिचोल्दै आएका पनि छौं । सांघुरो बजार र जनशक्ती अभावले मोफसलबाट अनलाइन डिजिटल पत्रिका सञ्चालनमा आर्थिक चुनौती थपिएको छ ।

अनलाइन पत्रकारिताको कुनै भौगोलिक सीमा हुँदैन। प्रविधिमा आएको व्यापकताले अनलाइन पत्रकारितालाई आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनाइदिएको छ । पल–पलमा सूचना प्रवाहित गर्ने, विश्लेषण गर्ने र निकायहरूलाई जिम्मेवार बनाउने दिशामा यो विधाले अहं भूमिका निर्वाह गरेको हुन्छ । राज्यका निकायहरू, राज्य सञ्चालकहरू, कर्मचारीतन्त्रलाई जवाफदेही र उत्तरदायी बनाउन प्रयासरत रहनेछौँ ।

विगत दुई वर्षको अवधि साँच्चै नै असामान्य रह्यो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट सिर्जित कठिनाइ, समस्या र महासंकटको सामना गर्न सजिलो थिएन । तर तपाईंहरू सबैको शुभेच्छा एवं सहयोग पाएर हामीले यसलाई धेरै हदसम्म चिर्न सफल भएका छौं ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सवालमा हामीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैनौं । राज्यका निकायहरू, राज्य सञ्चालकहरू, कर्मचारीतन्त्रलाई जवाफदेही र उत्तरदायी बनाउन प्रयासरत रहनेछौँ । पत्रकारिताका मूलभूत सिद्धान्तलाई आत्मसाथ गर्दै नागरिक अधिकारको पक्षमा निरन्तर पैरवी गर्नेछौ । लुकेका र लुकाईएका कुराहरु उजागर गर्दै समुन्नत समाजको निर्माणमा खबरदारी र साझेदारी गरेर हामी अगाडी बढ्नेछौं । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ ।

सुगम देखि दुर्गमसम्म,सहरदेखि गाउँसम्मका सबैखाले मुद्दाहरुमा विशेष केन्द्रित म्याग्दी न्युज डट्कममा ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञान प्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुन्छन् । कसैप्रति आग्रह÷पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारितामा हामिले जोड दिंदै आएकोे कुरा पुनःआमपाठकसमक्ष दोहो¥याउन चाहन्छौं ।

अनलाइन पत्रकारिता मार्फत म्याग्दी जिल्ला भित्रका विकृति विसंगति संगै लुकेको र लुकाइएको हरेक खबरहरुलाई निरन्तर सम्प्रेषण गर्नेछौं । अन्त्यमा म्याग्दी न्युज डट्कमप्रति यहाँहरुले देखाउनुभएको सदाशयताको कदर गर्दै सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छाैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार