बाँदुकमा भुमेपूजा (भिडियो / तस्बिरहरु)

धनिलाल गर्बुजा

बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ ।

भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नास भई सबैमा खुसी आउने जनविश्वासका कारण सदियौंदेखि भुमेपुजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ।

भुमे पुजा नगरीएमा भुमे देवता रिसाएर अनिष्ठ हुने, बालीनाली उत्पादन नहुने, वाढी पहिरोले क्षति पुर्याउने हुँदा यसलाई रोक्नको लागि जमिन अर्थात भूमिको पुजा गर्ने गरिएको बेगखोला कल्यणकारी समाजका सल्लाकार तथा समाजसेवी ओमप्रसाद पुर्जाले जानकारी दिनुभयो । प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पुजा गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

यस पूजा समाहरोमा स्थानिय १०६ घरधुरी मध्य ६० घर धुरी रागो खाने र ४६ घरधुरी रागो नखाने अर्थात पाठा बोका खाने सहभागी भएका थिए । पुजा सामाग्री र पाठा रागो किन्नको लागी प्रतेक धरधुरीले २५० को दरले भुमेको नाममा दक्षिण स्वरुप रकम संकलन गरेको र प्रसाद ग्रहणको रुपमा दर्शनार्थी तथा हुनाहरुलाई बितरण गरिएको श्रीकृष्ण आधरभुत विद्यालयका शिक्षक लक्षुमण पुर्जाले जानकारी दिनुभयो । भुमेथानमा समाजको पञ्चिवल सहित ७ बटा रागो ,८ बोका ,१०७ वटा भाले ,२ वटा परेवा ,मण्डली थानमा ४ वटा पाठा ,स्वरस्वती थानमा १ वटा  कुखुराको पोथी ,र सिद्धथानमा १ वटा बोकाले पुजा गरिएको र करिब २०० मा बढी भक्तजनहरुले दर्शन गरेको बाँदुक भुमे युवा क्लवका सदस्य लोकिन गर्बुजाले जानकारी दिनुभयो ।

पुर्खाहरुको सान र पुर्ख्यौ देखी चली आएको रितिरिवाजलाई जोगाई राख्न र पुस्तान्तरण गर्न स्थानियावासी, क्लव आमा समुह, सबै एक भएर लाग्नु पर्ने क्लवका अध्यक्ष कृष्ण गर्बुजाले बाताउनु भयो । उहाँले बाँदुकमा खेल मैदानको समस्य रहेकोले खेलमैदान निर्माणको लागी सम्बन्धित निकायमा पहल गरेको बताउनु भयो । पुजाको दोस्रो दिन  सहयोगी दाताहरुलाई सम्मान तथा पुर्ख्यौली नृत्य र सास्कृतिक कार्यक्रम र तेस्रो दिन खेल क्षेत्रको बिकाशा र युवाहरुलाई प्रोत्सान  तथा प्रशिक्षण गर्न पुरुष बास्केट बलको खेल आयोजना गरेको बताउदै  बास्केटबल प्रतियोगितामा बेग युथ क्लव र पार्बर्ती युथ क्लव फाईनलमा प्रबेश गरेको गर्बुजाले जानकारी गर्नु भायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार