बिम गाउँलाई तपोभूमि घोषणा (तस्बिरहरु)

नवीन जुग्जाली
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवं ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी नामाकरणको हिसाबले हेर्दा यो स्थल सामान्य स्थल नभई तपोस्थल ह्ुनुपर्छ भन्ने हाम्रा बिमबासी अग्रजहरुले दाबी गर्दै आएका छन् ।

साँच्चिकै यो स्थलमा पुग्दा अद्भूत शक्तिको तरंगले मेरा शरीरमा पनि आनन्दले तरंगित हुने गर्दथ्यो । तथापि उक्त स्थानमा तपस्वीले अग्नि हवन गरेको हवनकुण्ड र तपस्वी बसेको कुटीको अवशेषहरु समेत अहिलेसम्म सुरक्षित छन् । यी आधार र प्रमाणहरुलाई देखेर केही वर्ष अघिदेखि मेरो मनमा जिज्ञासा र कौतुहल जागेको थियो ।

यस प्रकारको जिज्ञासा र कौतुहलताले मलाई चुपचाप बस्न दिएन । जसको परिणाम स्वरुप प्रभुचेला धुरीको तपस्थलसँग सम्बन्धित ऐतिहासिक विषयहरुको खोज तथा अनुसन्धानको सिलसिलामा म करिब २ वर्ष अघि स्वर्गद्वारी आश्रम प्युठानमा पुगी त्यहाँका स्वामीजीहरुसँग आफ्नो जिज्ञासासहित उचित सुझाव र सहयोगको याचना गरेको थिएँ ।

मेरो यस प्रकारको निवेदनलाई सहर्ष स्वीकार गरी स्वर्गद्वारी आश्रमबाट २०७८ साल फागुन १० गतेका दिन स्वामी. डा. रुद्रानन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोलज्यूहरु बिम गाउँको प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गरिसक्नुभएको छ । यसरी स्वामीजीहरुले प्रत्यक्ष रुपमा गरिएको अध्ययन र अवलोकनको रिपोर्टिङ्गको आधारमा आजभन्दा करिब ११५ वर्ष अघि बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले ईस्वी सन् १९७० तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्यको ठहर गर्दै यो स्थल सामान्य स्थल नभई यो एउटा तपोभूमि भएको घोषणा गर्नुभएको छ ।

र,स्थलगत अध्ययन र अवलोकनको यात्रामा स्वामीहरुको साथमा बिम गाउँका तत्कालीन गाविस अध्यक्ष रत्नप्रसाद पुन, पूर्व सदस्य कलिप्रसाद जुग्जाली, पूर्व सदस्य बुद्धि जुग्जाली, समाजसेवी पलवीर जुग्जाली, समाजसेवी गोपाल पौडेल, समाजसेवी गमप्रसाद जुग्जाली, समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्व दल सेर्बुजा लगायतका थुप्रै व्यक्तित्वहरुको उत्साहपूर्ण उपस्थितिमा अध्ययन कार्य सम्पन्न भएको थियो ।


त्यसको भोलिपल्ट ११ गतेको दिनमा वडा कार्यालय बिम तल्लो गाउँमा जेष्ठ नागरिक तथा तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च कदबहादुर जुग्जालीको गरिमामय उपस्थितिमा समाजसेवी व्यक्तित्व पलवीर जुग्जालीको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि स्वामी डा.रुद्रानन्द ब्रह्माचारी, विशिष्ट अतिथि स्वामी कमल गौतम, स्वामी अजित धिताल, अतिथिहरु गोपाल पौडेल, गमप्रसाद जुग्जाली, दल सेर्बुजा, मिमबहादुर जुग्जाली, सुर्मन गर्बुजा, लक्ष्मण गौतम लगायतका युवा क्लब, आमा समूह, शिक्षक वर्गहरुको भव्य उपस्थितिमा सभ्य कार्यक्रम सम्पन्न भएको थियो ।

सोही भेलामा डा. रुद्रानन्द ब्रह्मचारीज्यूको प्रमुख अध्यक्षतामा आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रभुचेला ध्यानाश्रम निर्माणार्थ प्रभुचेला ध्यानाश्रम तदर्थ समिति गठन भएको छ । जो यसप्रकार रहेको छ ।
१) अध्यक्ष पलवीर जुग्जाली
२) उपाध्यक्ष बुद्धिबहादुर जुग्जाली
३) सचिव खिमबहादुर जुग्जाली
४) सहसचिव लक्ष्मण गौतम
५) कोषाध्यक्ष कलिप्रसाद जुग्जाली
६) सहकोषाध्यक्ष ओममाया जुग्जाली
७) सदस्य कृष्णमाया जुग्जाली
८) सदस्य तुकलाल पुन
९) हिराजित युवा क्लब प्रतिनिधि
१०) हिमाली युवा क्लब प्रतिनिधि
११) बिमबाङ युवा क्लब प्रतिनिधि
१२) साइनिङ्ग युवा क्लब प्रतिनिधि
१३) जन्मभूमि युवा क्लब प्रतिनिधि
सल्लाहकार
कदबहादुर जुग्जाली
रत्नप्रसाद पुन
रेशम जुग्जाली (सुविन)
दल सेर्बुजा
गोपाल पौडेल
गमप्रसाद जुग्जाली
मिमबहादुर जुग्जाली
छकप्रसाद पाईजा
जंगबहादुर गर्बुजा
वेगप्रसाद गर्बुजा
संयोजक नवीन जुग्जाली
सहसंयोजक रुविन जुग्जाली
अन्तमा तपोभूमि प्रभुचेला धुरीको ऐतिहासिक खोज अनुसन्धान कार्यमा निरन्तर हौसला दिनहुने आदरणीय व्यक्तित्व रत्नप्रसाद पुन, मेरो परिकल्पनाको चित्रमा आकार एवम् रुप दिने सन्दर्भमा निरन्तर साथ भरोसा र समर्थन गर्ने मेरो प्यारो भतिजो वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ज्यू, ध्यानाश्रम निर्माण गर्ने लक्ष्यमा सम्मिलित भई उर्जा प्रदान गर्नुहुने अन्य मेरा आदरणीय बिमबासी व्यक्तित्वहरु, बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार