
विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गर्नुभएको छ ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताउनुभयो । ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन’ उहाँले भन्नुभयो, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’
उहाँले विधि प्रक्रिया विपरीत एमसीसी पास गरेको गुनासो गर्नुभयो । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै उहाँले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताउनुभयो । एमसीसीका कारण पार्टी भित्र पनि विरोध भएको उहाँले बताउनुभयो । अनलाइनखबरबाट