समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार रक्षकको भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार हननका घटनाले निरन्तरता पाउने बताउनुभएको छ । उहाँले मानवअधिकार आयोग नेपालको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै समाजमा हुने विभेदका घटनाहरुको निरन्तरता रहेसम्म मानवअधिकार हननका घटना घट्ने बताउनुभएको हो।

उहाँले समाजमा हुने पुरुष र महिला बीचको विभेद, जातिय विभेद, धार्मिक तथा साम्प्रदायिक विभेद र रङ्गका आधारमा हुने विभेद, विभिन्न कुरीति कूसंस्कृति तथा परम्परा र छुवाछुतका घटना जारी रहेसम्म मानवअधिकार हननका घटना पनि जारी नै रहने बताउनुभयो । यस्ता घटनाहरूको विरुद्धमा विगतमा जस्तै आज पनि मानव अधिकारका रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

पछिल्लो समय विगतमा जस्तो बोलेकै आधारमा राज्य पक्षबाट मानव अधिकार नै हनन हुने प्रकृतिका घटनामा कमि आएको उहाँले बताउनुभयो । विगतमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै कुण्ठित बनाउने गरी राज्यले मानवअधिकार माथि प्रहार गर्ने गरेको उहाँले बताउनुभयो । मानवअधिकार हनन्का घटना विगतको जस्तो छैन । विगतमा बोले कै आधारमा राज्यले कैद गथ्र्यो । त्यसको उदाहरण म आफै पनि हुँ ।

म धादिङको बहालवाला सभापति भएकै बेला राज्यका विरुद्धमा आवज उठाएको भन्दै मलाई कैद गरियो । एउटा जनप्रतिनिधिलाई कैद गरेर नख्खु जेलमा राखियो । त्यो बेलामा मेरो मात्र नभएर आमजनताको समेत मानव अधिकार हनन भयो । तर, आज त्यो अवस्था छैन ।’ उहाँले भन्नुभयो । उहाँले मानवअधिकार रक्षकहरुको धारणा पनि फरक हुनुपर्ने बताउनुभयो ।

कुनै कारणबस द्वन्द्वको अवस्था आयो र राज्यले बल प्रयोग गरेर गोली चलाउँदा कसैको मृत्य भयो भने हामी सबैको ध्यान राज्यले मानवअधिकार माथि प्रहार ग¥यो भन्नेमा जान्छ तर एउटा गाउँमा स्वास्थ्य समस्याबाट सयौं मानिस मर्दा पनि हाम्रा मानवअधिकार रक्षकको ध्यान जाँदैन किन । यो अवस्थासुधार गर्नुपर्छ । अलि फरक धारणा लिनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

मानवअधिकार आयोगको स्थापना हुनु मानवअधिकार रक्षकसँगै राजनीतिज्ञहरुको पनि सफलता भएको उनको भनाई छ । विगतमा सबै राजनीतिज्ञहरुको पहलबाट आयोग स्थापनाले सफलता पाएको उहाँले बताउनुभयो । मानिसका अधिकारहरु प्राप्तिका लागि विगतका राजनीतिक परिवर्तनका आन्दोलनहरु महत्वपूर्ण सावित भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । विगतका राजनीतिक आन्दोलनहरुमा आम जनताहरुसंग आफूसहित अन्य राजनीतिज्ञहरुले मोर्चाको नेतृत्व गर्दै आएकोले सबै मानवअधिकार रक्षक भएको उनको भनाई छ ।

समाजमा भएका कुरितीहरुको विरुद्धमा बोल्नु नै असल मानवअधिकार रक्षकको कर्म भएपनि पछिल्लो समय भोटको राजनीतिका कारण हामी गलतलाई गलत भन्न नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । ‘समाजमा भएका कुरीति, कुसंस्कृति र प्रथा परम्पराको विरोधमा बोल्नु असल मानवअधिकार रक्षक कर्म हो । तर अहिले भोटको राजनीति चलेको छ । अहिले भोट कम आउँछ की भनेर हामी गलतलाई गतल भन्न नसक्ने अवस्थामा पुगेका छौं’ उहाँले भन्नुभयो ।

पछिल्लो समय मानवअधिकार रक्षकहरुले पनि आफ्नो जिम्मेवारी बिर्सेर गलत काम गर्ने गरेको घटना बाहिरिने गरेको मुख्यमन्त्री पाण्डे बताउनुभयो । हामी सचेत हुनुपर्ने अवस्था आएको छ । मानवअधिकार रक्षकको दुरुपयोग पनि हुन थालेका छन् । मानवअधिकार रक्षक भन्दै पैसा कमाउने काम सुरु भएको देखिन्छ । मानव अधिकार रक्षकको आडमा बार्गेनिङ, व्याकमेलिङका घटना पनि बढेको छ । महिला तथा दलित अधिकारकर्मीहरूको अवस्था पनि उस्तै छ । अधिकारकर्मी भन्दै डर, धाक, धम्की त्रासका घटना पनि बढ्दो छ । अब हाम्रो ध्यान त्यतातिर पनि हुन जरुरी छ’ उहाँले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार