
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताउनुभएको छ । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताउनुभयो ।
‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भन्नुभयो । महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण नरहेको उहाँले बताउनुभयो । तर केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा असन्तुष्टि जनाएको यादवले बताउनुभयो ।
‘बाबुरामले पद खतरामा पर्दा पद्दतिको कुरा उठाउनुहुन्थ्यो । अहिले पनि माग पूरा भएन भने पद्दतिको कुरा उठाउन थाल्नुहुन्छ । यो चरम व्यक्तिवाद हो’, यादवले भन्नुभयो । १५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहित कतिपय नेताहरुले आपत्ति जनाएका छन् । अनलाइनखबरबाट