प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा संसदले बनायो समिति

काठमाडौं । प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा समिति गठन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको छ। समितिमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सहित ११ जना सांसद छन् । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार