
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको बताउनुभएको छ ।
आइतबारको संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको बताउनुभएको हो ।
‘एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, संसदमा केपी ओलीको वितणडा कति सहने’,नेपालले भन्नुभयो, ‘त्यसैले संसद भंग गर्ने संसद पनि रहन्न केपी ओलीको वितण्डापनि रहन्न।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ। सेतोपाटीबाट